उपराष्ट्रपति जस्तो राज्यको कार्यकारी पदमा पुगेका व्यक्ति दैलेख जिल्लामा औपचारिक कार्यक्रममा आगमन भएको पहिलो पटक हो । दैलेख जिल्ला धार्मीक, पर्यटकिए, तथा कृषिका दृष्ट्रिकोणले अगाडी भए पनि राज्यले त्यति ध्यान दिन सकेको छैन । उपराष्ट्रपति नन्नदकिशोर पुनले दैलेख जिल्लामा आएर दैलेख जनताका लागि जति बोल्नु भयो त्यो बोलेको कुरा लाई राज्य पक्षले सुन्नेछ भन्ने दैलेखी जनताले आशा र अपेक्षा राखेका छन् ।
दैलेख ऐतिहाँसिक पृष्ठभूमिका हिसावले काठमाण्डौं, लुम्बिनी पछिको तेस्रो महोत्सवपुर्ण जिल्ला भनेर जनमानसले भन्ने गरेका छन् तर राज्यले यसवारे सुनुवाई गर्न सकेको छैन् । सयौं बर्ष पुराना कृतिहरु हराउँदै, मासिदै गएका बेला सरकारको बिशिष्ट व्यक्तिले दैलेखको बारेमा गरेको चिन्ता र चासोले पक्कै पनि आम जिल्लाले यसवाट फाईदा लिन सक्ने देखिन्छ ।
तत्कालिन २२ से २४से राज्य सुरु हुँदा देखिनै महत्वपुर्ण जिल्लाको रुपमा परिचित जिल्ला दैलेख प्राकृतिक सौन्र्दयका हिसावले समृद्ध हुन सकेको छैन् । बिभिन्न संभावनाहरुलाई उपराष्ट्रपतिको सम्बोधनले समावेश गरेको भएपनि यसको कार्यान्वयनमा राज्यले अव ध्यान दिनुपर्ने देखिन्छ । दैलेख जनताहरुले राज्यका बिभिन्न निकायहरु विभिन्न मागहरु राखे पनि त्यसको खासै सुनुवाई नभएको बेला दैलेखले राष्ट्रको महत्वपुर्ण व्यक्ति पाउनु पनि महत्वपुर्ण कुरा भएको छ । अहिलेसम्म राज्यले दैलेख जिल्लाको लागि ठोस नीतिभित्र राख्न नसकेको अबस्थामा यस पालीको महोत्सवमा राज्यको सर्वोच्च निकायको निकै महत्वपुर्ण व्यक्तिलाई अतिथिको रुपमा सम्मान गर्ने अवसर दैलेख र दैलेखी जनताको उज्जवल भविष्य तर्फ अग्रसरता हुने देखिन्छ ।








